नेपालमा कोरोना भाइरसका कारण 10 जनाको मृत्यु

काठमाडौं / कोरोना भाइरस (कोभिड(१९) को संकमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।
पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
पूर्वखोला (२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो ।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार मृतकको रिपोर्ट पोजेटिभ आएपछि मन्त्रालयलाई खबर गरिएको हो । कोरोनाको आशंका गर्दै उनको शव व्यवस्थापन गरिएको थिएन ।