• September 20, 2020

नेपालमा कोरोना संक्रमितको संख्या २६ सय नाघ्यो, २९० जना कोरोना मुक्त

 नेपालमा कोरोना संक्रमितको संख्या २६ सय नाघ्यो, २९० जना कोरोना मुक्त
मनपरे शेयर गरौ ! 


झापा / नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार दैलेखमा मात्र एक सय १३ जना संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये १० जनाको मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरूमध्ये एक सय आठ जना नारायण नगरपालिका र सात जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् । रौतहटमा ६५ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका सात जना छन् भने चन्द्रपुर माधवनारायण, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकरएक जना छन् । उनीहरू सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरू हुन् ।

यसैगरी बाँकेका ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका हुन् । उनीहरू १५ देखि ३५ वर्षका पुरुष हुन् ।

कपिलवस्तुमा २९ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये १२ जना कृष्णनगरका १७ देखि ५२ वर्षका पुरुष हुन् । यस्तै, यशोधराको ओडरी मावि र जनता चेतना माविको क्वारेन्टिनमा रहेका १२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये एक २६ वर्षीया महिला छन् भने ११ जना २१ देखि ४८ वर्षका पुरुष हुन् ।

दाङमा १५ जना संक्रमित थपिएका छन् । घोराही उपमहानगर तथा राजपुर, बंगलाचुली र बबई गाउँपालिकाका उनीहरूमध्ये एक २३ वर्षीया महिला हुन् भने अरू १६ देखि ३६ वर्षका पुरुष हुन् ।

झापामा ५ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये भद्रपुरका तीन जना २६ देखि ५६ वर्ष तथा कचनाकवलका दुई जना १७ र २५ वर्षका पुरुष छन् ।

सप्तरीका १३ जनामा संक्रमण पुष्टि भएको छ । राजविराज, हनुमानगर कंकालिनी, छिन्नमस्ता र शम्भुनाथ नगरपालिकाको क्वारेन्टिनमा रहेका उनीहरू १७ देखि ४८ वर्षका पुरुष हुन् ।

बारामा १२ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये एक ३० वर्षीया महिला हुन् भने अरू १३ देखि ३० वर्षका पुरुष छन् । यस्तै महानगढीमाई नगरपालिका, विश्रामपुर र सुवर्णपुर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक(एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषामा छ जना संक्रमित थपिएका छन्। उनीहरू जनकपुरका हुन् र संक्रमितमध्ये एक जना ३० वर्षीया महिला हुन् भने अरू ३३ देखि ३७ वर्ष उमेरका पुरुष छन् ।

महोत्तरीका भंगाह नगरपालिकाका ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरू १९ देखि ३६ वर्षका पुरुष हुन् । यस्तै सर्लाहीमा थप ३ जना संक्रमित भेटिएका छन् ।

डोटीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू दीपायल सिलगढी नगरपालिका र पूर्वचौकी गाउँपालिकाका हुन् । यस्तै खोटाङ हलेसीका ३ जनामा पनि संक्रमण देखिएको छ ।

मोरङको सुन्दर हरैंचाका २४ वर्षीय पुरुष, पर्सा पोखरियाकी १५ वर्षीया किशोरी, सिन्धुलीको कमलामाई नगरपालिकाका २३ वर्षीय पुरुष तथा सुनसरी भोक्राहाको क्वारेन्टिनमा रहेका ताप्लेजुङका ३५ वर्षीय पुरुष र मोरङका ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मनपरे शेयर गरौ ! 

Related post