• October 1, 2020

राज्यमन्त्रीको स्वकीय सचिवलाई कोरोना संक्रमण

 राज्यमन्त्रीको स्वकीय सचिवलाई कोरोना संक्रमण
मनपरे शेयर गरौ ! 


जनकपुर / प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उनमा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनलाई कुनै लक्षण बिना नै कोरोना संक्रमण पोजेटिभ देखिएको बताइएको छ । उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो ।

रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।

मर्यादा पालकमा संक्रमण पुष्टि भएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।

बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post