• September 20, 2020

झापाका ७ जना संक्रमित कोरोना जितेर फर्किए घर

 झापाका ७ जना संक्रमित कोरोना जितेर फर्किए घर
मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापाका ७ जना संक्रमित कोरोनामुक्त भएर बिहीबार घर फर्किएका छन् ।
घर फकैने सातै जना पुरुष छन् । उनीहरु विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपभाररत थिए ।

प्रदेश १ मा बिहीबार अन्य २३ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।
२७ जना कोसी र तीनजना धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

निको हुनेमा मोरङका एक महिलासहित ६ जना, सुनसरीका ४, धनकुटाका २ महिला र दुई पुरुष, खोटाङका एक पुरुष र सप्तरीका २ जना पुरुष, उदयपुरका एक महिला र दुई पुरुष तथा उदयपुरका एक पत्रकार र धनकुटाका चार स्वास्थ्यकर्मी पनि छन् ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार प्रदेश १ मा ७६ जना संक्रमित निको भएका छन् । झापामा निको हुनेको संख्या २६ पुगेको छ ।

मनपरे शेयर गरौ ! 

Related post