• September 20, 2020

क्वारेन्टिनमा बसेर घर फर्किएका एक युवाको कोरोनाका कारण मृत्यु भएको पुष्टि

 क्वारेन्टिनमा बसेर घर फर्किएका एक युवाको कोरोनाका कारण मृत्यु भएको पुष्टि
मनपरे शेयर गरौ ! 

झापा / नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

१४ दिन क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हासेगाउँका २० वर्षीय कृष्ण तारामीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो।  

भारतको मुम्वईमा मजदुरी गर्दै आएका तारामी जेठ आठ गतेदेखि पञ्चपुरीस्थित विद्यापुर बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका थिए। १४ दिन अवधि पुरा भएपछि बुधबार ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो।

क्वारेन्टिनबाट आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनीसहित गाउँका पाँच जनालाई घर पठाइएको थियो ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले दिएको जानकारी अनुसार राति नै उनको मृत्यु भएपछि बिहीबमार स्वाब संकलन गरिएको थियो । उनको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) रिपोर्ट पोजेटिभ आएसँगै कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका तारामीसहित गाउँका पाँच जना युवाहरुलाई दिउँसो तीन बजेतिर घर पठाइएको थियो । पाँचै जना युवासँगै मृतकका दाजु पनि राति मुल घर नजिकै रहेको मौरीघार राखिएको घरमा बसेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post