• October 1, 2020

एकै दिन हजारौँ नमूना परिक्षण गर्ने क्षमता बृद्धि गर्ने तयारीमा सरकार

 एकै दिन हजारौँ नमूना परिक्षण गर्ने क्षमता बृद्धि गर्ने तयारीमा सरकार
मनपरे शेयर गरौ ! 


काठमाण्डौ / नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका अनुसार एक दिनमा कम्तीमा १० हजारवटा नमुना परीक्षण गर्ने गरी क्षमता बढाउन सरकारले एउटा ठूलो स्वचालित र तीनवटा अन्य ठूला उपकरण ल्याउन खोजेको छ ।

अहिले देशभरि १,६०,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् र भारत तथा अन्य देशबाट पनि नेपाली नागरिकलाई फर्किन दिने सरकारले जनाएको छ ।
त्यसैले रोग नियन्त्रणका लागि परीक्षण बढाउन अपरिहार्य मानिएको छ ।

नेपालभरि भएका सबै प्रयोगशालामा गरी एक दिनमा अधिकतम पाँच हजारको हाराहारीमा परीक्षण नतिजा आएको छ । कतिपय दिनमा त्यसको आधा मात्रै नमुना परीक्षण हुने गरेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

सबैभन्दा बढी परीक्षण हुने काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजारको हाराहारीमा परीक्षण हुने गरेको देखिन्छ ।

स्वास्थ्यमन्त्री ढकालका अनुसार प्रयोगशालामा नमुना परीक्षण गर्न पालो कुर्नुपर्ने अवस्था आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहान ८ बजेदेखि मध्यरातसम्म परीक्षण भइरहेको छ । बीबीसीबाट

मनपरे शेयर गरौ ! 

Related post