एजेन्सी / भारतको फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) भन्दा पाकिस्तान सुपर लिग (पिएसएल) को बलिङको स्तर उत्कृष्ट रहेको पाकिस्तानका पूर्व खेलाडी वसीम अकरमले बताएका छन् ।
‘पिएसएल आइपिएल पछिको दोस्रो ठुलो टि२० फ्रेन्चाइज लिग हो । त्यसैले आइपिएलसँग पिएसएलको तुलना गर्न मिल्दैन । पिएसएलको पाँचौ संस्करण हुँदा आइपिएलको १२ औं संस्करण सम्पन्न भइसकेको छ । पिएसएलमा भन्दा आइपिएलमा पैसा पनि धेरै छ’, आफ्नो जमानाका उत्कृष्ट बलरमध्यका एक वासिमले भने ।
‘म पिएसएलको सबै संस्करणमा सहभागी छु । यस दौरानमा जतिपनि विदेशी खेलाडी फ्रेन्चाइज लिग खेल्न आए । ती सबैले आइपिएल भन्दा पिएसएलमा बलिङको स्तर धेरै फरक रहेको बताउँछन् ।
धेरैले पिएसएलका बलरको स्तर आइपिएल भन्दा धेरै उत्कृष्ट रहेको बताउँछन् । आइपिएलमा ८ टोली हुँदा पिएसएलमा ६ टोली छन् । त्यसैले पिएसएलमा स्तरिय बलर मात्र खेल्ने गर्दछन्’, उनले भने ।
त्यस्तै वसीमले पाकिस्तानमा ब्याट्सम्यानमा कमी हुनुको कारण ग्रास रुट कमजोर रहेको बताएका छन् । ‘हाम्रो युवा खेलाडीमा आत्माविश्वासको कमी छ। हामीले ग्रास रुटमा परिवर्तन गर्यौ भने आफैं स्तरिय ब्याट्सम्यान आउने छन्,’ उनले थपे ।
पिएसएलको पाँचौ संस्करणको सेमिफाइनल खेल हुन बाँकी छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारण गत मार्चमा सेमिफाइनल खेलहरु स्थगित भएका थिए । यता कोरोना भाइरसको कारण १३ औं संस्करण आइपिएल यो वर्ष हुने नहुने अनिश्चित छ ।
पाकिस्तानका सर्वाधिक सफल तीव्र गतिका बलर वसीमले १ सय ४ टेष्ट खेलमा ४ सय १४ तथा ३ सय ५६ ओडिआई खेलमा खेलमा ५ सय २ विकेट लिएका छन् । हाम्रो खेलकुदबाट