• September 20, 2020

सहकार्य अझ सशक्त बनाउन भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद

 सहकार्य अझ सशक्त बनाउन भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद
मनपरे शेयर गरौ ! 

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँगको संवादमा कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुवैजना सहमत भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

त्यस्तै लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिन पनि आफूहरुबीच सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

त्यस्तै कोरोना संक्रमणको त्रासका बीच पनि आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज बनाउने विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको ओलीले बताएका छन् ।

भारत सरकारले उपलब्ध गराउने औषधिलगायतका सहयोगका लागि पनि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई धन्यवाद दिएको बताएका छन् । कान्तिपुरबाट

मनपरे शेयर गरौ ! 

Related post