• August 10, 2020

साल्केले राउल गोन्जालेजलाई बोलाउने

 साल्केले राउल गोन्जालेजलाई बोलाउने
मनपरे शेयर गरौ ! 

एजेन्सी / क्लबमा रहेको समस्या समाधानका लागि साल्केले टोलीका पूर्व फरवार्ड राउल गोन्जालेजलाई बोलाउने भएको छ ।

क्लबलाई समस्याबाट बाहिर निस्कनका लागि उनको सल्लाह लिन लागेको बताएको छ । यद्दपी अहिले सम्म राउललाई कुनै औपचारिक प्रस्ताव भने गइ नसकेको बताइएको छ ।

साल्के पछिल्लो समय लिगमा खराब लयबाट गुज्रिरहेको छ । कोरोना संक्रमणका कारण स्थगित भएको लिग सुचारु भएपछि टोलीले कुनै खेल जितेको छैन ।

टोलीले खेलेका सबै ४ खेलमा हार बेहोरेको छ । यसक्रममा टोलीले १० गोल खाँदै मात्र १ गोल फर्काउन सकेको छ । अंक तालिकामा साल्के ३७ अंकसहित दशौं स्थानमा छ ।

रियल म्याड्रिड कास्टिलाका प्रशिक्षक राउललाई बुन्डेसलिगा टोली साल्केले आदर्श खेलाडीका रुपमा मानेको छ ।

रियल छाडेपछि राउलले सन् २०१० देखि २०१२ सम्म साल्केमा बिताएका थिए । जहाँ उनले राम्रो छाप छाडेका थिए । कतारको अल साद जानुअघि राउल सम्मिलित साल्केले डिएफबी पोकल र डिएफएल सुपर कप उपाधि जितेको थियो ।

साल्केले समस्याको समाधानका लागि क्लबका अन्य खेलाडीहरुसँग पनि सम्पर्क गरेको बताइएको छ । यसैबीच, रियलले राउललाई भविष्यको सिनियर टोलीको प्रशिक्षकका रुपमा हेरेको छ । त्यसका लागि उनले प्रशिक्षणमा बढी भन्दा बढी अनुभव बटुलुन् भन्ने क्लबले चाहेको छ ।

मनपरे शेयर गरौ ! 

Related post