क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

जुम्ला / जुम्लाको क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो ।
त्यहाँका वडाध्यक्ष नरजित दमाईले ती बृद्धको मृत्यु भएको जानकारी दिए । उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्न आएका थिए ।
बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पु¥याएको बताइएको छ । मृतक वृद्धसहित सो क्वारेन्टिनमा सात जना बस्दै आएका छन् ।
उनी दमको रोगी भएको बुझिएको छ । लामो समयदेखि औषधि पनि सेवन गर्दै आइरहेका ती बृद्धको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिसकेको बताइएको छ ।