म्यानबारबाट २६ जना नेपाली नेपाल आइपुगे

झापा / म्यानमारमा अप्ठेरोमा परेका २६ जना नेपालीलाई नेपाल ल्याइएको छ ।
सरकारले शुक्रबार म्यानबारबाट २६ जना नेपालीलाई उद्धार गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको टोलीले उनीहरूलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टर लगेर राखेको छ ।
उनीहरूलाई बढीमा एक रात होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टाइनमा बस्नेगरी व्यवस्था मिलाउने सरकारको तयारी छ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो ।
सरकारले विदेशबाट नेपालीहरूलाई उद्धार गर्ने कार्यविधि पारित गरेसँगै पहिलो लटमा खत्रीसहित २६ जना नेपालीहरू नेपाल आएका छन् । म्यानमार सरकारले नै उनीहरूलाई त्रिभुवन विमानस्थलसम्म ल्याइदिएको हो ।
म्यानमारबाट फर्किएकामध्ये वाग्मती प्रदेशका १७ जना, गण्डकी र प्रदेश एकका ४/४ जना र प्रदेशका ५ का एक जना रहेका छन् ।