• September 28, 2020

अन्तराष्ट्रिय झापाली समाजद्वारा निःशुल्क भीटीएम किट वितरण सुरु

 अन्तराष्ट्रिय झापाली समाजद्वारा निःशुल्क भीटीएम किट वितरण सुरु
मनपरे शेयर गरौ ! 


झापा / अन्तराष्ट्रिय झापाली समाजले झापाका स्थानीय निकायमा निःशुल्क भीटीएम किट वितरण सुरु गरेको छ ।

झापाको कनकाई नगरपालिकालाई एकसय थान भीटीएम किट उपलब्ध गराएर समाजले अभियान सुरु गरेको हो ।

शुक्रबार कनकाई नगरपालिकामा समाजका पदाधिकारी र झापामा जारी एकका लागि एक अभियनका अभियन्ताहरुले नगरप्रमुख राजेन्द्र पोखरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

समाजले पहिलो चरणमा जिल्लाका १५ वटै पालिकालाई सय थान किट उपलब्ध गराउने बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post