• November 25, 2020

भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

 भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 


भोजपुर / भोजपुरमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जेठ १३ गते रुपन्देहीको सुनौली नाकाबाट आएका ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । योसँगै भोजपुरमा कोरोना संक्रमित हुने संख्या ६ पुगेको छ ।

जेठ १७ मा उक्त सीमानाकाबाट उद्वार गरी ल्याइएका संखुवासभाका २ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितसँग एउटै गाडीमा भोजपुर ल्याइएका ६ जनाको स्वाब धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

यसबाहेक अन्य नाकाबाट ल्याइएका ३४ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो ।
संक्रमण पुष्टि हुनेमा सबैजना षडानन्द नगरपालिका ८ र १२ का क्रमशः १७, १९, २९, ३० र ३२ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

गत वैशाख ११ गते हतुवागढी गाउँपालिका ६, होम्ताङका २६ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको थियो । उनी यसअघि नै निको भएर घर फर्कि सकेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post