• November 25, 2020

कर्णाली प्रदेशका कांग्रेस नेता शाहीले गरे सरकारी गाडी फिर्ता

 कर्णाली प्रदेशका कांग्रेस नेता शाहीले गरे सरकारी गाडी फिर्ता
मनपरे शेयर गरौ ! 


सुर्खेत / कर्णाली प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारी गाडी फिर्ता गरेका छन् ।

यसअघि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि सुरक्षाकर्मी र पछुवा गाडी फिर्ता गरेका थिए । प्रदेश सभा सचिवालयलाई आफूले प्रयोग गरेको गाडीको चाबी हस्तान्त्रण गर्दै कांग्रेस नेता शाहीले कर्णालीका मन्त्री तथा सांसदलाई पनि महंगा गाडी नचड्न आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष संसदीय दलको नेताको हैसियतमा कानुनले पाउनुपर्ने गाडी पाए पनि महंगो गाडी नचड्ने उनले बताए । कर्णाली प्रदेश सरकारले यहाँका मन्त्री तथा सांसदलाई ५० लाख बढीका गाडी सुविधा दिएको छ ।

आर्थिक रुपमा अन्य प्रदेशभन्दा कर्णाली गरिब प्रदेशको रुपमा चिनिएको भन्दै सबै महंगा गाडी बेचेर सस्ता गाडी प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रदेश सरकारले वित्तीय अनुसाशन तथा आर्थिक मितव्ययीता कायम गर्न महंगा गाडी प्रयोग गर्न नहुने उनको तर्क छ ।

विभिन्न संसदीय समितिका अध्यक्ष र मन्त्रीहरुको पनि स्कार्पीयो गाडी चड्ने हैसियत नभएको भन्दै मोटरसाइकल सेवा दिनुपर्ने उनको भनाइ छ ।

मनपरे शेयर गरौ ! 

Related post