झापा / पछिल्लो २४ घन्टामा २७८ जना संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार शुक्रबार विभिन्न जिल्लामा २७८ जना संक्रमित थपिएका हुन् ।
तीमध्ये ३३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने हालसम्म ११ जनाको मृत्यु भएको छ ।
देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन् ।