• September 21, 2020

झापामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 झापामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 


झापा / झापामा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

गौरादह, गौरीगञ्ज र कचनकवलका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । गौरीगञ्ज गाउँपालिका–२ का ३५ वर्षीय एक पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानको प्रयोगशालमा स्वाब परीक्षण गर्दा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतको दिल्लीबाट गौरीगञ्ज आईपुगेका उनको जेठ १९ गते स्वाब संकलन गरि परीक्षणका लागि पठाईएको थियो ।

उनी गौरीगंज ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा छन् । उनलाई उपचारका लागि कोरोना अस्पताल गोठगाउ पठाउन लागिएको गौरीगञ्ज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

त्यसैगरी गौरादह नगरपालिका— ७ का २० वर्षीय एक युवकमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनी भारतको सिक्किमबाट घर आएका बेला उनलाई गौरादहको क्वारेन्टाइनमा राखिएको थियो ।

त्यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनकवलका थप १० जनामा कोरोना संक्रमण भेटिएको हो ।

लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बसेका १० जनाको रिपोर्ट पोजिटिभ आएको कचनकवल गाउँपालिकाका प्रवक्ता लक्ष्मी यादवले बताए ।

उनले दोस्रो चरणमा लक्ष्मी मावि बनियानी र बुद्ध आधारभूत विद्यालय पथरीयामा रहेका २८० जनाको स्वाब परीक्षणका लागि पठाइएको र त्यसमध्ये १० जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post