• September 20, 2020

भोको पेट भर्दै राष्ट्रिय सङ्गीतकर्मी संघका कलाकार

 भोको पेट भर्दै राष्ट्रिय सङ्गीतकर्मी संघका कलाकार
मनपरे शेयर गरौ ! 


झापा
/ राष्ट्रिय सङ्गीतकर्मीको संघले काठमाडौँका विभिन्न स्थानका भोका पेटहरुलाई खाना खुवाएको छ ।

लकडाउन सुरु भएपछि रोजी रोटी गुमाएका सयौँ भोका नागरिकलाई सहयोग अभियान अन्तर्गत खाना खुवाउँदै आएको गायिका सिर्जु अधिकारीले आफ्नो फेसबुक वालमा पोष्ट गरेकी छिन् ।

उनीहरुको समूहले पशुपति वरिपरी रहेका अरीब चारसय देखि पाँचसय जनालाई खाना खुवाएका छन् ।

‘गाडीमा खाना छ भन्न बितिक्कै सयौको सङ्ख्यामा भोका पेट भएकाहरु बच्चाले आमा भेटेको जस्तै खुशी हुदै आउँदा दुःख अनि खुशी पनि लाग्यो’ सिर्जुले आफ्नो फ्सबुक वालमा लेखेकी छन् , ‘जसरी पनि बाच्नै पर्ने । ए सरकार यिनीहरुले स्थाइ रुपमा अब भोको बस्नु पर्दैन भन्ने दिन कहिले आउछ ?’

गायिका सिर्जु अधिकारी लगायत खाना बाँढ्दै

त्यस्तै, गायक विक्रम जंग साह लगायतको टीमले लकडाउन सुरु भएदेखि नै चागुनारायण, ठीमि, सल्लाघारि र सानोठीमि गरि १२ देखि १५ परीवारको लागि राहत वितरण कार्यलाई निरन्तरता दिइरहेका छन् ।

कलाकार विक्रम जंग साह

राहत सामग्री हस्तान्तरण गर्दै गरेको आफ्नो फेसबुक वालमा फोटो पोष्ट गर्दै कलाकार साहले यस्तो स्टाटस लेखेका छन्, ‘राष्ट्रिय संगीतकर्मी संघको ‘कर्म गर तर फलको आशा नगर किनकि राम्रो कामको परिणाम भगवान् ले आफै दिनु हुन्छ’ भन्ने स्वच्छ र पवित्र मन देखिको सहयोग चागुनारायन, ठीमि, सल्लाघारी र सानोठीमि गरि १२/१५ परीवारको लागि राहत बितरण कार्यलाई निरन्तरता दिईयो ।’

मनपरे शेयर गरौ ! 

Related post