• September 30, 2020

गायक आनन्द कार्कीले दिए गीतबाटै सीमा मिच्नेलाई खबरदार भन्दै चेतावनी

 गायक आनन्द कार्कीले दिए गीतबाटै सीमा मिच्नेलाई खबरदार भन्दै चेतावनी
मनपरे शेयर गरौ ! 


झापा / चर्चित गायक आनन्द कार्कीले सीमाना मिचिएको विषयलाई लिएर खबरदार बोलको देशभक्तीपूर्ण गीत बजारमा ल्याएका छन् ।

गायक कार्कीले देशको सिमा मिच्नेलाई कुनै हालतमा नछाड्ने प्रतिज्ञासहितको साङ्गितिक भिडियो सार्वजनिक गरेका हुन ।

उक्त राष्ट्रप्रेमले सजिएको गीतमा डा. कृष्णहरि बरालको शब्द रचना र कमल आनन्दको सङ्गीत रहेको छ भने ध्वनि मिश्रण भोला पौडेलले गरेका छन् ।

गीतको भिडियोमा विरेन तितुङकोे सिनेम्याटोग्राफी र चर्चित भिडियो सम्पादक लोकेश भाटको सम्पादन रहेको छ ।

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको सो भिडियो गायक कार्कीको युट्युब च्यानल सिंगर आनन्द कार्की नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा प्रत्येक नेपाली आफ्नो देशप्रती आफैमा बिना वर्दीका सच्चा पहरेदार भएकाले देशद्रोही र सिमा मिच्नेहरुलाई कुनै हालतमा छाड्न नहुने दृष्ट्रान्त प्रस्तुत गरिएको छ ।

भिडियो तलको लिन्कमा

मनपरे शेयर गरौ ! 

Related post