• October 1, 2020

अन्तराष्ट्रिय झापाली समाजले दियो हल्दिबारीलाई एक सय भिटिएम किट

 अन्तराष्ट्रिय झापाली समाजले दियो हल्दिबारीलाई एक सय भिटिएम किट
मनपरे शेयर गरौ ! 


बिर्तामोड / कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अन्तराष्ट्रिय झापाली समाजले आज हल्दिबारी गाउँपालिकालाई एक सय भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट प्रदान गरेको छ ।

गाउँपालिकाका प्रमुख रविन्द्रप्रसाद लिङदेनले समाजका पदाधिकारीले कार्यालयमै पुगेर शुक्रबार गाउँपालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने सय थान भिटिएम कीट प्रदान गरेको जानकारी दिए ।

प्रमुख लिङ्देनले समाजले गरेको सकारात्मक कामको प्रशंसा गर्दै गाउँपालिकालाई ठूलो गुन लगाएको बताए ।

समाजको तर्फबाट ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै प्रत्येक पालिकालाई एक/एक सय भिटिएम कीट उपलव्ध गराउने अभियान अन्तर्गत हल्दिबारीलाई उक्त सामान प्रदान गरिएको समाजका उपाध्यक्ष नवीन पोखरेलले जानकारी दिए ।

समाजले गरेको यो सहयोगबाट कोरोना नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post