• October 1, 2020

अस्पतालको आईसीयूमा कोरोना संक्रमितको मृत्यु

 अस्पतालको आईसीयूमा कोरोना संक्रमितको मृत्यु
मनपरे शेयर गरौ ! 


चितवन / भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो ।

ती संक्रमितको मंगलबार विहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ ।

शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।

भरतपुर महानगरपालिका वडा नं। ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत भएको बताइएको छ ।

नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।

मनपरे शेयर गरौ ! 

Related post