• December 1, 2020

हल्दिबारीको रातमाटे सामुदायिक वन समूहले सुरु गरयो वृक्षरोपण अभियान

 हल्दिबारीको रातमाटे सामुदायिक वन समूहले सुरु गरयो वृक्षरोपण अभियान
मनपरे शेयर गरौ ! 

हल्दिबारी / हल्दिबारी ३ को रातमाटे सामुदायिक वन उपभोक्ता समूहले वृक्षरोपण अभियान सुरु गरेको छ । विश्व वातावरण दिवशको अवसर पारेर वृक्षरोपण कार्यक्रम सुरु गरेको वन समूहका अध्यक्ष बिष्णु ओलिले जानकारी दिए ।

वन समूहले विभिन्न जातको वोटबिरुवा उपभोक्ता लाई रोप्न लगाएर गोडमेल समेत गर्न लगाएको ओलीले बताए । विभिन्न जातका ५ सय बोट बाँस, ५ सय वटा विभिन्न जातका केराको बोट , ७ सय बोट विभिन्न जातका वोट बिरुवा रोप्ने योजना बनाएको वन समूहले जनाएको छ ।

हालसम्म ५ सय बोट बाँस,३ सय वटा र अन्य धेरै विभिन्न जातका वोट बिरुवा रोपिसकेको बतमाइएको छ । विविध कारणले केराको बिरुवा रोप्न नसकेको वन समूहका लेखा समिति संयोजक अबिशेक खतिवडाले जानकारी दिए ।

वन क्षेत्रमा रहेको प्रसिद्ध सातकन्या शितला दुधकन्या मन्दिर परिसरमा पनि बेल, अमला जस्ता धार्मिक वोटविरुवा रोप्न सुरु गरिएको र मन्दिर क्षेत्रमा सरसफाइ गर्ने तथा भक्तजनले मन्दिरमा चढाएका परेवालाई खोर बनाएर राख्ने कार्य चलिरहेको मन्दिर समितिका लेखा समिति संयोजक खतिवडाले जानकारी दिए ।

निरन्तर चलिरहेको सो वृक्षरोपण अभियानमा मलेसियन साल, टिक, वेल अमला र अन्य धार्मिक बोटविरुवा साथै रैथाने बोट विरुबा पनि रोपिने बताइएको छ ।

चारकोसे वनमा हात्ती निरन्तर बस्ने भएकाले हात्तीका लागि बाँस र केरा रोप्न लागिएको हो । बाँस चाहिँ वन उपभोक्ताले घरायसी प्रयोजनका लागि पनि प्रयोग गर्न सक्ने कुरा योजनामा उल्लेख छ ।

मनपरे शेयर गरौ ! 

Related post