• October 1, 2020

गाउँपालिका अध्यक्षको दुर्घटनामा मृत्यु

 गाउँपालिका अध्यक्षको दुर्घटनामा मृत्यु
मनपरे शेयर गरौ ! 


नवलपरासी / परासी प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन परासी जाँदै गर्दा सवारी दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् ।

५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका शर्माको उपचारको लागि अस्पताल लैजाँदै गर्दा निधन भएको हो ।

उनलाई चिसापानी सामुदायिक अस्पताल चौपत्ता लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले जानकारी दिए ।

मृतक शर्माको शव पोस्टमार्टका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post