• September 29, 2020

आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

 आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको  मृत्यु
मनपरे शेयर गरौ ! 


गुल्मी / गुल्मीको तम्घासस्थित आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका–४, जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।
राति नै नेपाली सेनाको टोलीले उनको शव जैसीथोककै खोचेपानी सामुदायिक वनमा व्यवस्थापन गरिसकेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

उनलाई जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै कोरोना पुष्टि भएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल निको भएर काममा फर्केका छन् ।
उनी जेठ २ गते भारतबाट आएर पाञ्जायन माविको क्वारेन्टाइनमा बसेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post