• October 1, 2020

विप्लवद्वारा ओली सरकारको प्रशंसा

 विप्लवद्वारा ओली सरकारको प्रशंसा
मनपरे शेयर गरौ ! 

काठमाडौं / प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै विप्लवले विज्ञप्ति जारी गर्दै उक्त कदमको प्रशंका गरेका हुन् ।

जनमत र संघर्षको दबाबमा परेर ओली सरकारले संसद्बाट नक्सा पास गर्न बाध्य भएको उनको भनाइ छ ।

विप्लवले विज्ञप्तीमा भनेका छन्, ‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’

नक्सा मात्र परेर जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभइ, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन पनि विप्लवले सुझाव दिएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post