• September 29, 2020

बायर्न लिग उपाधि नजिक

 बायर्न लिग उपाधि नजिक
मनपरे शेयर गरौ ! 

बर्लिन / बायर्न म्युनिख लगातार आठौं जर्मन बुन्डेसलिगा उपाधिबाट अब एक खेल मात्र टाढा छ । शनिबार रातिको खेलमा उसले बोरुसिया मुन्छेनग्लाडबाखलाई २–१ ले हरायो ।

खेलको अन्त्यतिर लियोन गोरट्ज्काले निर्णायक गोल गरे ।

बायर्नले किशोर स्ट्राइकर जोसुआ जिरकिजको गोलले अग्रता लिए यता बेन्जामिन पाभर्डले आत्मघाती गोल गरेका थिए ।

बायर्न रोबर्ट लेवनडोस्की र थोमस मुलरविना मैदानमा उत्रेको थियो । तर उनीहरूको अनुपस्थिति महँगो साबित भएन ।

यो जितपछि बायर्नले लिग तालिकाको शीर्ष स्थानमा फेरि सात अंकको अग्रता खोलेको छ

मनपरे शेयर गरौ ! 

Related post