• October 22, 2020

पहिरोमा पुरिएका ९ जनामध्ये थप २ को शव भेटियो, मृतकको संख्या ८ पुग्यो

 पहिरोमा पुरिएका ९ जनामध्ये थप २ को शव भेटियो, मृतकको संख्या ८ पुग्यो
मनपरे शेयर गरौ ! 


पर्वत / जिल्लाको कुस्मा नगरपापिलका३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ जनामध्ये थप २ जनाको शव भेटिएको छ ।

तर, उनीहरुको पहिचान खुल्न सकेको छैन । यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
अझै १ जना बेपत्ता छन् ।

घर माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुबै परिवारका ९ जना पहिरोमा पुरिएका थिए ।
पहिरोमा पुरिएका मध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनि विविशा थापा, दिपा थापा र तथा अर्को परिवारका कमला विक र प्रमिशा विकको शव भेटिएको हो ।
बेपत्ता १ को खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएकाको खोजी कार्य जारी रहेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उद्धारकर्मीले शनिबार राति तीनजनाको र आइतबार बिहान चारजनाको शव फेला पारेको हो । घटना घटेको लगत्तैदेखि अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्वारमा खटिएका छन् ।

शनिवार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । पहिरोले उनिहरुका घरमा रहेका अन्य पशूचौपाया समेत मरेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post