नेकपाको सचिवालय बैठक अकस्मात स्थगित

काठमाडौं / सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अकस्मात स्थगित भएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न आज अपराह्न बोलाइएको बैठक स्थगित भएको हो ।
बैठक स्थगन हुनुको कारण खुलाइएको छैन । तर अन्तिम समयमा स्थगित भएको छ ।
तोकिएको समय भन्दा एक घण्टाअघि मात्र बैठक स्थगितको खबरले कतिपय सचिवालय सदस्यहरु नै आश्चर्यमा परेका छन् ।
एमसीसीलाई स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाभित्र मतभेद छ ।