• December 1, 2020

राहत कोषमा रामजानकी कृषि साकोसले गर्यो ६५ हजार सहयोग

मनपरे शेयर गरौ ! 

बिर्तामोड / झापाको बिर्तामोड ५ मा मुख्य कार्यालय रहेको श्री रामजानकी कृषि सहकारी संस्था लिले कोरोना भाईरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्थानीयतहले तयार गरेको राहत व्यवस्थापन कोषमा ६५ हजार रुपैयाँ सहयोग गरेको छ ।

यस महामारीका कारण नेपाल सरकारले गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्नु पर्ने वर्गलाई सहयोग गर्ने उद्देश्यले विभिन्न स्थानीयतहले स्थापना गरेको राहतकोषमा सो रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष दलबहादुर कार्कीले बताए ।

संस्थाका अध्यक्ष कार्कीको टोलीले बिर्तामोड नगरपालिकालाई २० हजार, उपाध्यक्ष भिमबहादुर थापाको टोलीले कनकाई नगरपालिकालाई १५ हजार, त्यस्तै सेवाकेन्द्र प्रमुखहरु संजीव सापकोटाको टोलीले हल्दिबारी गाउँपालिकालाई १० हजार, पुष्पराज भट्टराईको टोलीले बाह«दशी गाउँपालिकालाई १० हजार र देवीप्रसाद तिम्सिनाको टोलीले झापा गाउँपालिकामा १० हजार रुपैयाँ हस्तान्तरण गरेको संस्थाका प्रमुख व्यवस्थापक शुक्रराज भण्डारीले तहल्काखबरलाई बताए ।

संस्थाले हाल ५ स्थानमा सेवाकेन्द्र मार्फत सदस्यलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

मनपरे शेयर गरौ ! 

Related post