• September 24, 2020

कनकाईबाट नगदसहित सात जुवाडे पक्राउ

 कनकाईबाट नगदसहित सात जुवाडे पक्राउ
मनपरे शेयर गरौ ! 


झापा / लकडाउनका बेला जुवा खेल्दै गरेको अवस्थामा झापाको कनकाई नगरपालिकाबाट सात जना जुवाडे पक्राउ परेका छन् ।

कनकाई नगरपालिका –३ टप्पू टोलस्थित चेतनकुमार प्रसाईको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाटै उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिइएको प्रहरी टोलीले नगद ७१ हजारसहित कौडा र सात जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका ३ का विष्णुप्रसाद उप्रेती, लीलु अग्रवाल, सुरज चुडाल, हरि खरेल, ओमप्रकाश चापागाई, कनकाई ४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका जुवाडेहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगर्त मुद्दा दर्ता गरिने बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post