• September 29, 2020

आज धेरै ठाउँमा भारी वर्षाको सम्भावना, सतर्क हुन अनुराेध

 आज धेरै ठाउँमा भारी वर्षाको सम्भावना, सतर्क हुन अनुराेध
मनपरे शेयर गरौ ! 

काठमाडाैं / आज देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबताससहित ठूलो (भारी) वर्षा हुने सम्भावना रहेको छ ।

पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश नं ५ का थोरै ठाउँमा, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै ठाउँमा वर्षा भइरहेको छ ।

एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि सोमबार रातिदेखि नै वर्षा भइरहेको छ । भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

आज  दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएकाे छ ।

आज  राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएकाे छ ।

मनपरे शेयर गरौ ! 

Related post