• October 1, 2020

सीमामा भारतीय तस्करको दादागिरी, सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण

 सीमामा भारतीय तस्करको दादागिरी, सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण
मनपरे शेयर गरौ ! 

झापा / झापा गाउँपालिका–१ लसुनामा भारतीय तस्करले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् ।

सीमामा खटिएका दुई प्रहरीमाथि भारतबाट आएको ४० जनाको समूहले सोमबार राति आक्रमण गरेको हो ।

सशस्त्र प्रहरीलाई घिसार्दै तस्कर समूहले भारतीय भूमितिर छिराएको अवस्थामा नेपाली नागरिकले प्रहरीलाई बचाएको स्थानीयले बताए ।

भारतीय तस्करले एक जना सशस्त्र प्रहरीलाई घिसार्दै भारतीय भूमितर्फ एक सय मिटरभित्र पुर्याइसकेका थिए ।

सशस्त्र प्रहरीले ‘बचाउ बचाउ’ भन्दै गुहार मागेपछि स्थानीयले उद्दार गरेका हुन् । टाघनडुब्बा बिओपीका प्रमुख सचिन प्रधानले नियन्त्रणको प्रयासमा तानातान भएको भनेर फोन आएपछि तत्काल पुगेको र ठूलो दुर्घटना हुन नपाएको बताए ।

मनपरे शेयर गरौ ! 

Related post