• October 1, 2020

चीन र भारतका सैनिकबीच हिंस्रक भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

 चीन र भारतका सैनिकबीच हिंस्रक भिडन्त, तीन भारतीय सैनिकको मृत्यु
मनपरे शेयर गरौ ! 

एजेन्सी / लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक भिडन्त हुँदा भारतका एक सैन्य अधिकृत र दुई जवानको मृत्यु भएको भारतको रक्षा मन्त्रालयले जनाएको छ । 

एक कमान्डिङ अफिसर र दुई जवान हिंस्रक भिडन्तमा मारिएका हुन् । पूर्वी लद्दाखका चारवटा स्थानमा भारतीय र चिनियाँ सैनिकहरूबीच आमनेसामनेको स्थिति भएकोमा गलवान उपत्यकामा भएको भिडन्तमा हताहती भएको हो । 

गएराति लद्दाखको पैगसो एरियामा चीनियाँ सैनिक र भारतीय सैनिककाबीच करिब २/ ३ घण्टा झडप भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अहिले दुई पक्षबीच तनाव मत्थर पार्नका लागि कोशिश भइरहेको छ । 

‘दुवै पक्षका वरिष्ठ सैन्य अधिकृतहरू परिस्थितिलाई सामान्य बनाउनका लागि वार्ता गरिरहेका छन्,’ बयानमा उल्लेख गरिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post