• September 29, 2020

चिनियाँ सेनासँगको भिडन्तमा भारतीय सेनाका कैयौं सैनिक हताहत

 चिनियाँ सेनासँगको भिडन्तमा भारतीय सेनाका कैयौं सैनिक हताहत
मनपरे शेयर गरौ ! 

एजेन्सी / पूर्वी लद्दाखमा सोमवार राति चिनियाँ जनमुक्ति सेनासँगको भिडन्तमा भारतीय सेनाका थुप्रै जवान हताहत भएको भारतीय सेनाले एक वक्तव्य जारी गरेर जनाएको छ । तीनजनाको मृत्युको पुष्टि भएको छ । 

मारिने अधिकृत कमान्डिङ अफिसर भएको बताइएको छ । 

गलवान उपत्यकामा तनाव मत्थर पार्ने प्रक्रिया अघि बढिरहँदा यो घटना भएको र दुवै पक्षका वरिष्ठ सैन्य अधिकृतहरू परिस्थितिलाई सामान्य बनाउनका लागि वार्ता गरिरहेको भारतीय सेनाको कथन छ । 

चिनियाँ पक्षको कोही हताहत भए नभएको स्पष्ट छैन ।

चिनियाँ पक्षले हानेको ढुंगा लागेर भारतीय सैनिकहरूको मृत्यु भएको स्रोतले जनाएका छन् । सेनाले यस विषयमा टिप्पणी गरेको छैन । 

भिडन्त पूर्वी लद्दाखको विवादित वास्तविक नियन्त्रण रेखामा भएको हो । 

घटनापछि सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले पठानकोटको निर्धारित भ्रमण रद्द गरेका छन् । 

भारत र चीनबीच सीमामा रहेका सैनिकहरूको गतिरोधको स्थितिलाई अन्त्य गर्न कूटनीतिक र सैन्य वार्ता गरिरहेका छन् । 

वास्तविक नियन्त्रण रेखा नजिकका दुई स्थानमा भारत र चीनका वरिष्ठ सैन्य अधिकृतहरूले दुईपटक वार्ता समेत गरेका छन् तर परिस्थिति झनै बिग्रिएको छ । 

सेनाप्रमुख नरवणेले अघिल्लो साता भारतीय र चिनियाँ फौजबीच डिसइंगेजमेन्ट चरणबद्ध तरिकाले गरिने बताएका थिए र परिस्थिति नियन्त्रणमै रहेको बयान दिएका थिए ।

भारत अहिले पांगोङ त्सोको उत्तरी किनारमा विकसित परिस्थितिको समाधान गर्नमा जोड दिइरहेको छ । उक्त स्थान सीमाविवादको केन्द्रमा छ । 

हिन्दुस्तान टाइम्सबाट

मनपरे शेयर गरौ ! 

Related post