• October 1, 2020

उत्तर कोरियाद्वारा अन्तर्कोरियाली सम्पर्क कार्यालय भवन बमले उडाएर ध्वस्त

 उत्तर कोरियाद्वारा अन्तर्कोरियाली सम्पर्क कार्यालय भवन बमले उडाएर ध्वस्त
मनपरे शेयर गरौ ! 

एजेन्सी / उत्तर कोरियाले आफ्नो भूमिमा रहेको अन्तर्कोरियाली सम्पर्क कार्यालय भवन मंगलवार बमले उडाएर ध्वस्त पारेको दक्षिण कोरियाले जनाएको छ ।

उत्तरमा प्योङयाङविरोधी पर्चाहरू पठाइएपछि क्रुद्ध बनेको उत्तरले सैन्य कारवाहीको धम्की दिएको केही समयपछि नै सम्पर्क कार्यालय उडाएको हो । 

उत्तरले दक्षिणविरुद्ध यति ठूलो कारवाही चलाएको निकै वर्षपछि पहिलोपटक हो । सन् २०१८ मा दुई देशबीच सञ्चार सम्पर्क कायम भएकोमा त्यसलाई पनि उत्तरले काटिसकेको छ । 

‘उत्तर कोरियाले अन्तर्कोरियाली सम्पर्क कार्यालयलाई बम हानेर उडाएको छ,’ दक्षिणको एकीकरण मन्त्रालयले बयान दियो । 

उक्त क्षेत्रमा विस्फोनका आवाजहरू सुनिएपछि मन्त्रालयले त्यसको पुष्टि गरेको हो ।

किम जोङ उन सरकारले उक्त भवनमा आफ्ना सबै कामहरू बन्द गरेको एक हप्तापछि भवन ध्वस्त पारेको हो । 

अमेरिकाले लगाएको नाकाबन्दी नटुंगिने देखेपछि निराश र आक्रोशित बनेको उत्तर कोरियाले दक्षिणमाथि सबै रिस पोखिरहेको छ ।

दक्षिणलाई तारो बनाएर ऊ अमेरिकालाई सन्देश दिन खोजिरहेको जस्तो देखिन्छ । 

मनपरे शेयर गरौ ! 

Related post