अस्पतालकी स्टार्फ नर्समा कोरोना संक्रमण

धनगढी / पश्चिम धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक स्टार्फ नर्समा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमितहरुको उपचारमा संलग्न २८ वर्षीया स्टाफ नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ ।
केही समय संक्रमितको उपचारमा खटिएर १४ दिन क्वारेन्टिनमा बसेकी नर्समा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले भने जानकारी दिएका छन् ।
उपचारमा खटिएका सबैको परीक्षण गर्दा उललाई मात्र संक्रमण देखिएको हो । नर्सलाई अहिले कोरोना अस्पतालमा भर्ना गरिएको छ ।