• September 25, 2020

छोरीका बाबु बने गायक प्रमोद खरेल

 छोरीका बाबु बने गायक प्रमोद खरेल
मनपरे शेयर गरौ ! 

झापा /चर्चित गायक प्रमोद खरेल दोस्रो बच्चाको बाबु बनेका छन् । उनी छोरीका बाबु बनेका हुन । श्रीमती दिपा सिटौला खरेल र प्रमोदले दोस्रो सन्तान प्राप्त गरेको खुसी सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन् ।

यसअघि प्रमोद र दिपाको एक छोरा थिए । सामाजिक सञ्जाल मार्फत उनले आफु छोरीको बाबु बनेको जानकारी गराउँदै लेखेका छन्- ‘जीन्दगीले अर्को खुशीको आकाश छोएको छ, घरमा लक्ष्मी को आगमन भएको छ …तर..भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन संघर्षपछि बल्ल उनी हाम्रो काखमा आइपुगिन…तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बाँड्ने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साट्न सकियो ।

खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाहलगायत अल्का हस्पिटल टीम, शुभेच्छुक, भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति खरेलले आभारी भएको कुरा समेत खुलाएका छन् ।’

गायक खरेललाई आफ्ना शुभचिन्तक ,साथीभाइ, इष्टमित्र तथा प्यानहरुले बधाई र शुभकामना दिइ रहेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post