• November 27, 2020

मायालुलाई ‘दुइ चार साल पर्ख है सानु’ भन्दै आए गीतकार कडरिया

 मायालुलाई ‘दुइ चार साल पर्ख है सानु’ भन्दै आए गीतकार कडरिया
मनपरे शेयर गरौ ! 


झापा / गीत गजलको क्षेत्रमा कलम चलाउँदै आएका गीतकार दुर्गाप्रसाद कडरियाको पछिल्लो सांगीतिक कोसेली दुइ चार साल पर्ख है सानु बोलको गीत भर्खरै बजारमा आएको छ ।

हाल रोजगारीको सिलशिलामा परदेशमा रहेका गीतकार कडरियाले बाध्यताले परदेशीएकाहरुको मायाप्रेमको अवस्था चित्रण गर्दै सो गीत बजारमा ल्याएका हुन् ।

अत्यन्तै मनछुने मर्मस्पर्शी शब्दका साथ कडरियाले यो गीतमा दुई चारसाल पर्ख विदेशबाट आउँला अनि सानो घर बनाउँदै जीन्दगी बिताउँला भन्दै आफ्नी प्यारीलाई आश्वस्त पार्न खोजेका छन् ।

अरबमा परिना बगाउँदाको पीडा छर्लङग पार्न खोजेका कडरियाको यो गीती भिडियो उनले आफ्नै युट्युब च्यानल मार्फत बजार मा ल्याएका छन् । गीतकारको यो गीतलाई सङ्गीत र स्वर चर्चित सङ्गीतकार सीएल शर्माले दीएका छन ।

साहश शाक्य को म्युजिक एरेन्ज रहेको यो गीतलाई गुन्जन रेकर्डीङ स्टुडीयो मा रेकर्डीङ गरीएको हो ।

छोटो समयमा नै धेरै दर्शक स्रोताहरु को मन जित्न सफल यो गीत ले सच्चीकै राम्रो बजार तताउने कुरा गायक तथा सङ्गीतकार सीएल शर्माले बताए ।

भिडियो

मनपरे शेयर गरौ ! 

Related post