• October 22, 2020

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

 पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
मनपरे शेयर गरौ ! 


झापा / नेपालमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बृद्धि भइरहेको समयमा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।

यसैबीच, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार चितवन घर भई हाल काठमाडौं बस्दै आएका ४९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार ती व्यक्तिमा यस अगाडि नै परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, पाँच महिना अगाडि मात्रै उनले मिर्गौला प्रत्यारोपण गरेका थिए ।

उनको मृत्यु बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ । उनीबाहेक हालसम्म नेपालमा २५ जना संक्रमितहरुको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

मनपरे शेयर गरौ ! 

Related post