• September 20, 2020

प्रहरी निरीक्षक शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

 प्रहरी निरीक्षक शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
मनपरे शेयर गरौ ! 


काठमाडौं / लागु औषधको कारोबारमा मुछिएका नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

शाही ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका थिए ।
प्रहरी निरीक्षक शाहीलाई जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका अनुसार प्राप्त समयमा शाहीको बयान र उनको संलग्नताबारे विस्तृत अनुसन्धान हुनेछ ।

ब्युरोले बुधबार पेप्सीकोलाबाट उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा घटनामा शाहीको पनि संलग्नता भेटिएपछि थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

मनपरे शेयर गरौ ! 

Related post