• October 1, 2020

प्रताप दासले गाए चर्चित गीत ‘फोटो फिरिम’को मेल भर्सन

 प्रताप दासले गाए चर्चित गीत ‘फोटो फिरिम’को मेल भर्सन
मनपरे शेयर गरौ ! 


बिर्तामोड / चर्चित गीत फोटो फिरिममा मेल भर्सन (पुरुषको आवाज) मा रेकर्ड भएको छ ।
नेपाल आइडलबाट चर्चामा आएकी झापाली गायीका रचना रिमालको स्वरमा रहेको फोटो फिरिममा बोलको गीत जनमानसमा निक्कै लोकप्रिय छ । उक्त गीतको मेल भर्सन गायक प्रताप दासले गाएका हुन् ।

गीतको रेकर्डिङ आज गरिएको गीतका रचनाकार शिशिर भण्डारीले जानकारी दिएका छन् । गीतको रचना तथा संगीत कलाकार तथा सञ्चारकर्मी शिशिर भण्डारीले गरेका हुन् ।

गायीका रचनाको आवाजमा रहेको उक्त गीतले यसअघि नै धेरै श्रोता तथा दर्शकको मन जिति सकेको छ ।

म्यूजिक भिडियो समेत रिलिज भएको उक्त गीतमा अभिनय पनि स्वयं गीतकार भण्डारीले गरेका थिए ।

२१ मार्चमा रिलिज गरिएको यो गीतको भिडियोले हालसम्म राम्रै भिवर्स र चर्चा पाएको छ ।
उक्त गीतमा धेरैले टीकटक र भिडियो समेत बनाएका छन् ।

गायक प्रताप दासको आवाजमा रेकर्ड भएको पुरुष भर्सनको गीतले पनि बजारमा उत्तिकै राम्रो छाप छोड्ने अपेक्षा रहेको गीतकार भण्डारीले बताएका छन् ।

गीतको असली मर्म मर्न नदिनका लागि गायक दासले पनि धेरै मेहनत गरेको बताएका छन् । उनले यो गीतको रेकर्डिङ गर्दा चित्त नबुझेपछि दुई पटकसम्म दोहोर्यार गाएको बताएका छन् ।

गीतको म्यूजिक भिडियो पनि अझै मेहनतका साथ चाडै बजारमा ल्याउने गीतकार भण्डारीले जानकारी दिएका छन् ।

गीतकार भण्डारीले फिमेल भर्सनको यो गीतको म्यूजिक भिडियो यसअघि आफ्नै युट्युब च्यानल नयाँ नयाँ न्यूज नेपालबाट सार्वजनिक गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post