• October 1, 2020

एक अर्कालाई ‘बायस’ गरेर अनिर्णयको बन्दी नबनाउँ -अध्यक्ष लिङ्देन, ‘समस्या जस्ले जन्मायो समाधान उसैले खोज्ने हो -उपाध्यक्ष गिरी

 एक अर्कालाई ‘बायस’ गरेर अनिर्णयको बन्दी नबनाउँ -अध्यक्ष लिङ्देन, ‘समस्या जस्ले जन्मायो समाधान उसैले खोज्ने हो -उपाध्यक्ष गिरी
मनपरे शेयर गरौ ! 


गोपिन पोखरेल

बिर्तामोड / हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बहुमतको आडमा अल्पमतलाई ‘बायस’ गरेर गाउँपालिकालाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन् ।

‘घमण्ड र दम्भले गाउँपालिकालाई अनिर्णयको बन्दी नबनाउँ’ अध्यक्ष लिङ्देनले तहल्काखबरसँग भने– ‘सबै कुरा मिल्छ, तर एक अर्कालाई सम्मान गरौँ ।’

सबैका कुरा समेटौँ छलफल गरेर असार २९ गते गाउँसभा सकौँ भनेर कुरा राखेको मात्रै थिएँ , उपाध्यक्षले ‘इग्नोर’ गर्नु भो सबैले दबाव दिए’ गाउँपालिका प्रमुख लिङ्देनले भने, ‘विगतमा पनि हामीबीच कतिपय असमझदारीहरु थिए, बहुमतका आधारमा निर्णय नगरेको होइन, लोकतान्त्रिक अभ्यास हो अल्पमतलाई समेटेर जाउँ भन्दा उहाँहरु पेलेर जान खोज्नु भो, तब घटना सतहमा आयो ।’

अध्यक्ष लिङ्देन ‘सबै कुरा मिल्छ, तर एक अर्कालाई सम्मान गरौँ ।’ ‘घमण्ड र दम्भले गाउँपालिकालाई अनिर्णयको बन्दी नबनाउँ’

‘म सधैँ समस्यालाई लम्ब्याएर लानु हुँदैन भन्ने मान्छे । समस्या ठूलो थिएन उपाध्यक्ष डम्बर गिरीले सामाजिक सञ्जालमार्फत दम्भ प्रस्तुत गरेर द्वन्द बढाउने काम गर्नु भो’ उनले भने ।

बहुमतको निर्णय मान्ने हो तर, गाउँसभामा गाउँपालिका अध्यक्षले बैठक सुचारु गर्ने, स्थगन गर्ने अधिकार मेरो छ अध्यक्ष लिङ्देनले तहल्काखबरलाई भने ‘म समस्या समाधानका लागि बस्न जहिले पनि तयार छु तर वातावरण बहुमतले बनाउनु पर्यो ।’

अब बल उपाध्यक्षको कोटमा गएको भन्दै प्रमुख लिङ्देनले भने ‘उपाध्यक्षले हामीले गाउँसभा सञ्चालन गरिसक्योँ प्रमाणिकरण बाँकी छ कतिपय विषय समेटेर प्रमाणिकरण गरिदिनुस् भन्नुपर्यो । प्रमाणिकरण त अध्यक्षले नै गर्ने होला नी ?’

समस्या चर्किए नागरिकले दुःख पाउने भन्दै लिङ्देनले भने, ‘यदि समस्या समाधान गर्नेतर्फ नलागी गाउँपालिकालाई अनिर्णयको बन्दी बनाउने हो भने त्यसको जिम्मेवारी उपाध्यक्षले लिनुपर्छ ।’
उता उपाध्यक्ष डम्बरबहादुर गिरीलाई अब समस्याको समाधान कसरी हुन्छ भन्ने तहल्काखबरको प्रश्नमा भने ‘समस्या जस्ले जन्मायो समाधान उसैले खोज्ने हो ।’

उपाध्यक्ष गिरी – ‘समस्या जस्ले जन्मायो समाधान उसैले खोज्ने हो ।’

१० गतेको घटनाले अहिले परिस्थिति अर्कै भएको भन्दै उपाध्यक्ष गिरीले पार्टीका कार्यकर्ता ल्याएर तोडफोड गराएपछि घटना राजनीतिकरण भएको छ समाधान नेतृत्व तहबाट खोज्नुपर्ने बताए ।

‘गाउँसभा भइसक्यो बैठकको निर्णय मैले प्रमाणिकरण गरेको छु’ उपाध्यक्ष गिरीले भने ‘चित्त नबुझे कानुनी बाटो खुल्ला छ । अध्यक्षले बहुमत सदस्यले पास गरेको विधेयकहरु प्रमाणित गर्नु भएन भने समस्या उहाँलाई पर्ने हो । मैले कानुनसम्मत गर्या छु ।’

उपाध्यक्ष गिरीले जोड दिँदै भने ‘बहुमत सदस्यको आडमा आउनुस् समस्याको समाधान खोजौँ भन्ने मेरो अधिकार होइन । अध्यक्ष उहाँ हो, अभिभावकले गर्ने हो ।’

मनपरे शेयर गरौ ! 

Related post