• September 30, 2020

सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठक तीन दिनका लागि स्थगित

 सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठक तीन दिनका लागि स्थगित
मनपरे शेयर गरौ ! 

काठमाण्डौं / सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाचौं स्थायी कमिटीको बैठकको तीन दिनका लागि स्थगित भएको छ ।

नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो दिन पनि बैठकमा सहभागी भएनन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठकमा ओली आफू अस्वस्थ्य भएको भन्दै बैठकमा सहभागी नभएका हुन् ।

‘स्वास्थ्यस्थिति अनुकूल नभएको भन्दै उहाँ (प्रधानमन्त्री) बैठकमा सहभागी नहुनुभएको हो,’ बैठक सकिएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । ओली शुरूमा एकैछिन बैठकस्थलमा बसेर बाहिरिएका थिए ।

ओली शुक्रवार बसेको दोस्रो दिनको बैठकमा पनि उपस्थित थिएनन् । ओली उपस्थित नभएकोमा स्थायी कमिटी सदस्यहरूले असन्तुष्टि प्रकट गरेका छन् ।

प्रवक्ता श्रेष्ठले बैठकमा सीमा विवादका बारेमा छलफल भएको जानकारी दिए । शुक्रवारदेखि छलफल चलेको नेपाल(भारत सीमा विवादका बारेमा शनिवार पनि छलफल चलेको हो ।

शनिवारको बैठकमा २१ जना स्थायी कमिटी सदस्यहरू बोलेका थिए ।

अर्को बैठक आउने १६ गते ११ बजे बालुवाटारमै बस्ने बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post