कृष्ण जी –
मानो रोपी मुरी फल्ने बेला आयो साथी
कृषकलाई खेतबारी खुशी छायो साथी ।
मकै भाच्ने दाल टिप्ने ब्याड राख्ने बेला
धेरै फल्ने उन्नत जात बीउ ल्यायो साथी ।
असार पन्ध्र छुपु छुपु धान रोपाई चल्दा
बेठी लगाई असारे गीत नाची गायो साथी ।
घीउ चाम्रे गुन्द्रुक बनाई खाजा ल्याको बेला
बिर्सीएर दुःख पीडा मिठो खायो साथी ।
छर छिमेक वर पर अर्म पर्म गर्दै जाँदा
सबैतिर रोपाई सकी फुर्सुद पायो साथी ।
कृषकलाई खेतबारी खुशी छायो साथी
मानो रोपी मुरी फल्ने बेला आयो साथी ।
कृष्ण जी / बिर्तामोड (१०