• December 1, 2020

हल्दिबारीमा अध्यक्षले गाउँसभा स्थगनको सूचना टाँस गरेको भन्दै विरोध

 हल्दिबारीमा अध्यक्षले गाउँसभा स्थगनको सूचना टाँस गरेको भन्दै विरोध
मनपरे शेयर गरौ ! 


बिर्तामोड / हल्दिबारी गाउँपालिकामा गाउँसभा स्थगन गरिएको सूचना टाँस भएको भन्दै सदस्यहरुले आपत्ती जनाएका छन् ।

अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले गाउँसभामा सदस्यहरुले पालना गर्नु पर्ने आचरण र नियमहरु पालना नगरी अर्मयादित क्रियाकलाप प्रस्तुत गरेको भन्दै असार १० गतेको गाउँसभा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको सूचना जारी गरेका थिए ।

असन्तुष्ट सदस्यहरुले अध्यक्षले १० गतेको सूचना ढिलो जारी गरेर अर्को गल्ति गरेको आरोप लगाएका छन् ।

यता गाउँपालिका प्रमुख लिङदेनले सभा स्थगन भएको सूचना जारी सामान्य र नियमित प्रक्रिया भएको बताएका छन् । यसमा आश्चर्य मान्नु पर्ने कारण नभएको उनले जनाएका छन् ।

सभा सञ्चालन गर्ने र स्थगन गर्ने अधिकार अध्यक्षमा भए अनुरुप सूचना जारी गरेको हुनाले यसलाई सामान्य रुपमा लिनु पर्ने अध्यक्षको भनाई छ ।

यस्तो छ सूचना ।

मनपरे शेयर गरौ ! 

Related post