• October 1, 2020

कांग्रेसको टोलीले गरायो स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

 कांग्रेसको टोलीले गरायो स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
मनपरे शेयर गरौ ! 


काठमाडौं / नेपाली कांग्रेसले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले मंगलबार बिहान स्वास्थ्यमन्त्री ढकाललाई भेटेर देशमा विद्यमान परिस्थितिबारे ध्यानाकर्षण गराएको हो ।

क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षण बढाउन क्वारेन्टिनहरु नै कोरोना फैलाउने माध्यमजस्तो बनेको भन्दै व्यवस्थित बनाउन ध्यानाकर्षण गराएको हो ।

क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, औषधि उपकरण खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको डा. महतले जानकारी दिए ।

भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने गरी काम अघि बढाएको बताएको डा. महतले जानकारी दिए ।

टोलीमा कांग्रेस नेताहरु डा. महतको नेतृत्वमा केन्द्रीय सदस्यहरु एनपी साउद, मोहन बहादुर बस्नेत, चन्द्र भन्डारी, गगन कुमार थापा र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी रहेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post