• September 29, 2020

ओलीनिकट नेताहरुसँग दाहालको छलफल

 ओलीनिकट नेताहरुसँग दाहालको छलफल
मनपरे शेयर गरौ ! 

काठमाडौँ / नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरुसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका छन् ।

बुधबार ललितपुरको एक होटेलमा अध्यक्ष दाहाल  र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलाको रणनीतिअनुसार ओलीनिकट नेताहरुसँग बिहीबार बिहान छलफल भएको हो । 

बिहान ८.३० बजेदेखि सुरू भएको छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी छन् ।

छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत यो पक्षका केही स्थायी कमिटी सदस्य पनि छ्न । छलफल जारी रहेको खुमलटार स्रोतले बतायो ।

नेकपाको पछिल्लो शक्ति संघर्षलाई सकभर सहमतिमा टुंगोमा पुर्‍याउन दाहालले ओली समूहका नेताहरुसँग छलफल गरेका हु्न् ।

नेकपाको जारी स्थायी कमिटी बैठक बिहीबार पनि बस्दै छ । दाहाल नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका छ्न ।

तर, ओलि दुवै पद नछाड्ने मनस्थितिमा छ्न् । ओली सहमतिमा नआए स्थायी कमिटीबाट बहुमतले ओलीलाई राजीनामा दिन लगाउने निर्णय गर्ने तयारी छ ।

बुधबार बिहान ओलीले पनि बालुवाटारमा दाहाल नेपाल समूहका नेतासँग छलफल गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post