• June 18, 2021

मन्त्रीले असहयोग गरेको भन्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकले दिए राजीनामा

 मन्त्रीले असहयोग गरेको भन्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकले दिए राजीनामा
मनपरे शेयर गरौ ! 

काठमाडौँ / स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन्।

विस २०७५ भदौ १५ गते मन्त्रिपरिषदले बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहयोग गरेका कारण लक्ष्य अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएका हुन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयको केही समूहले योजनावद्ध रुपमा सुधारका कार्यक्रम लागू गराउन असहयोग गरेपछि राजीनामा दिएको उनले बताएका छन्।  

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन मन्त्रीले नै असहयोग गरेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेश गरेका हुन्।  

बोर्डका कार्यकारी निर्देशक पोखरेल चार वर्षका लागी नियुक्त भएका थिए। खुला प्रतिस्पर्धामार्फत बोर्डमा नियुक्त भएका पोखरेलको कार्यकाल अझै करिब साढे २ वर्ष बाँकी रहेपनि आफ्नै नियमनकारी निकायले सुधारका कार्यक्रम कार्यान्वयन गर्न असहयोग गरेको भन्दै उनले राजीनमा दिएको बताएका छन्।

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग