• August 10, 2020

एटलेटिकोका लागि मोराटाको दुई गोल

 एटलेटिकोका लागि मोराटाको दुई गोल
मनपरे शेयर गरौ ! 

म्याड्रिड / एटलेटिको म्याड्रिडले स्पेनी ला लिगाको तेस्रो स्थानमा शुक्रबार आफ्नो पकड अझ मजबुत बनाएको छ ।

यसका लागि उसले अल्भारो मोराटाको दुई गोलमा रेलिगेसनबाट बच्न संघर्षरत मार्लोकालाई ३–० ले हरायो ।

एटलेटिकाको तेस्रो गोल कोकेको नाममा रह्यो । यो जितपछि उसको ३४ खेलबाट ६२ अंक भएको छ । यो चौथो स्थानमा रहेको सेभियाको भन्दा पाँच अंक बढी हो ।

हारले मार्लोकाको रेलिगेसनबाट बच्ने सम्भावना कम कमजोर भएको छ । उसको ३४ खेलबाट २९ अंक छ र पुछारबाट तेस्रो स्थानमा छ ।

यो १७ औं स्थानमा रहेको सेल्टा भिगोभन्दा पाँच अंकले पछाडि हो ।

मनपरे शेयर गरौ ! 

Related post