भारतमा एकैदिन थपिए २५ हजार नयाँ कोरोना संक्रमित

झापा / पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस कोभिड १९ का २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार १६५ पुगेको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १९ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा कोरोना भाइरसको कारण ६१४ जनाको मृत्यु भएको हो ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका दुई लाखभन्दा बढी संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या आठ हजार ६७१ पुगेको छ ।
अहिलेसम्म भारतमा चार लाख नौ हजार ८३ संक्रमित निको भएका छन्