• October 22, 2020

आइएलओले एनआरएनएलाई ५ करोड १० लाख अनुदान दिने

 आइएलओले एनआरएनएलाई ५ करोड १० लाख अनुदान दिने
मनपरे शेयर गरौ ! 


काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले ५ करोड १० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

एनआरएनएले शनिबार एक विज्ञप्ति निकालेर आइएलओ र एनआरएनएबीच मंगलबार सहमति पत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार विशेष गरी कोभिड–१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरबका नेपालीको सहयोगार्थ आइएलओले उक्त आर्थिक सहयोग गर्ने भएको हो ।

सहयोग रकम कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्च हुने गैरआवासीय नेपाली संघले जनाइएको छ ।

संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि उक्त रकम खर्चिने बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post